एरिक्सन नायक र खलनायक दुवै बन्दा रोकियो युनाइटेड
![एरिक्सन नायक र खलनायक दुवै बन्दा रोकियो युनाइटेड](https://npcdn.ratopati.com/media/news/united_9DW9WiUvtb.png)
ओल्ड ट्राफोर्ड । क्रिस्टियन एरिक्सन नायक र खलनायक दुवै बन्दा म्यानचेस्टर युनाइटेड युरोपा लिगको पहिलो खेलमा डच टोली ट्वेन्टेसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।
एरिक्सनले खेलको ३५ औँ मिनेटमा शानदार गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा उनले नै बलमा नियन्त्रण गुमाउँदा साम लामर्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
खेलको अन्त्यतिर युनाइटेडले खेल आफ्नो पक्षमा पार्ने अवसर पनि पाएको थियो । तर, ट्वेन्टेका गोलकिपर लार्स अनरस्टलले जोसुवा जिर्कीको प्रहारलाई रोकेका थिए । अनरस्टलले यसअघि मेस हिल्गर्सको आत्मघाती गोलको सम्भावनालाई बचाऊ गरेका थिए ।
गत सिजन च्याम्पियन्स लिगको समूह चरणमा एउटा मात्र जित निकाल्दै पुछारमा रहन बाध्य बनेको युनाइटेडले युरोपा लिगको नयाँ सिजनमा पनि निराश सुरुवात गरेको छ । अब टोलीले ३ अक्टोबरमा पोर्टोको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयो : श्रेष्ठ
-
बुढानीलकण्ठस्थित अनलाइन जुवा अखडाबाट ८८ वटा मोबाइल बरामद, ३ अर्बको कारोबार
-
सांसद बलायरको प्रश्न: सुदूरपश्चिम प्रदेशले राजधानी कहिले पाउँछ ?
-
सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा
-
सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान