शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

बिहीबार, १० असोज २०८१, ०८ : ५८
बिहीबार, १० असोज २०८१

काठमाडौँ । वर्षाका कारण गएराति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । 

प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरा खसेका छन् । सडक डिभिजन कार्यालय जुम्लाले पहिरो हटाउन स्काभेटर पठाइसकिएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप