विदेशबाट घर आएका श्रीमान्ले गरे श्रीमतीको हत्या, बुवामाथि पनि चलाए गोली
वीरगन्ज । सर्लाहीमा गोली हानेर एक युवकले श्रीमतीकाे हत्या गरेका छन् । हरिपुर्वा नगरपालिका ५ मा गए राति पैने २ बजे श्रीमान्ले गोली हानेर श्रीमतीको हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ ।
सर्लाहीका प्रहरीका अनुसार श्रीमान् चलाएको गोलीबाट हरिपुर्वा नगरपालिका ५ निवासी चित्रलेखा यादवको घटनास्थलमा मृत्यु भएको हो । पारिवारिक विवादका कारण श्रीमान्ले गोली चलाउँदा श्रीमतीको घटनास्थलमा मृत्यु भएको हो भने ५४ वर्षीय बुवा रामदिनेश राय घाइते छन् ।
सर्लाही प्रहरीका अनुसार उनको बायाँ हातमा गोली लागेको छ । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
आफ्नै बुवा र श्रीमतीलाई गोली हान्ने व्यक्तिको खोजी कार्य भइरहेको सर्लाही प्रहरी प्रवक्ता दीपक श्रेष्ठले बताए । उनका अनुसार गोली हान्ने व्यक्तिको पहिचान भइसकेको छ, तर अनुसन्धान चलिरहेकोले नाम भने प्रहरीले खुलाएको छैन ।
घटनास्थलबाट सानो हतियार र उक्त हतियारको दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको गोली फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
किन हत्या ?
श्रीमान् कामको सिलसिलामा विदेशमा बसिरहेका थिए । करिब एक महिना अगाडि मात्रै उनी कुबेतबाट फर्केका थिए । त्यसकाे केही समय उनी घरमा बसे ।
विदेशबाट फर्केपछि पारिवारिक विवाद सुरु भएको थियो, त्यसपछि सबलाई मार्छु भन्दै उनी घरबाट निस्किएका थिए । सर्लाही प्रहरीका अनुसार घरबाट निस्केको करिब एक महिना पछाडि बुधबार राति अचानक उनी घरमा आएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा छोरा गोली हान्ने व्यक्ति विदेशबाट फर्केपछि पारिवारिक सम्बन्ध ठिक नभएको पाइएको छ ।
प्रहरी प्रवक्ता श्रेष्ठ भन्छन्, ‘ऊ राती साढे १२ बजे घर आयो, अन्य २ जना व्यक्ति पनि ऊसँगै मोटरसाइकलमा आएका थिए । त्यसपछि श्रीमतीलाई हिर्काउन थाल्यो, अचानक श्रीमतीलाई कुटपिट गर्न थालेपछि भाउजूले देखिन् । अनि उनी गएर ससुरालाई खबर गरिन, लगत्तै बुवा पनि आए । तर त्यहाँ आपसी सम्बन्ध ठिक नरहेकोले आक्रोशित श्रीमान्ले सुरुमा श्रीमतीमाथि गोली हान्यो, त्यसपछि बुवालाई पनि गोली चलाएर घाइते बनायो ।’
घटनास्थल हरिपुर्वा प्रहरी चौकीबाट करिब एक किलोमिटरको दुरीमा छ । गोली हान्ने व्यक्तिको खोजीका लागि व्यापक सङ्ख्यामा प्रहरी परिचालन गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिनामंगलमा मृत भेटिएका दम्पती शनिवार क्यानडाबाट फर्केका थिए, टिचिङ अस्पतालमा पोस्टमार्टम गरिँदै
-
उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
-
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबिच भगिनी सम्बन्ध
-
विराट कोहलीले छक्का प्रहार गर्दा सुरक्षाकर्मी घाइते, टाउकोमै बज्रियो बल
-
सरकारको निर्देशन कार्यान्वयनबारे नागरिकबाट खबरदारी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
-
ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट