परराष्ट्रमन्त्री र राष्टसङ्घका उपमहासचिवबिच भेट
अमेरिका । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घका शान्ति सेना परिचालनसम्बन्धी उपमहासचिव जँ पिए लाख्वासँग भेट गरेकी छिन् ।
त्यस अवसरमा परराष्ट्रमन्त्रीले लामो समयदेखि नेपालले शान्ति मिसन सहभागी भएर योगदान गरेको बताउँदै मिशनको उच्च ओहोदामा नेपाललाई अवसर दिनुपर्नेमा जोड दिनुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
नेपालले संयुक्त राष्ट्रसङ्घको आव्हानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा सैनिक परिचालनका हिसाबले सक्दो योगदान गरेकाले उच्च पदमा नेपाली सैन्य अधिकृत नियुक्त हुन वाञ्छनीय भएको परराष्ट्रमन्त्रीले बताइन् ।
परराष्ट्रमन्त्रीले बुधवार नै राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमासँग भेट गरेकी थिइन् । उक्त भेटमा दिगो विकासका लक्ष्य,जलवायु परिवर्तनसम्बन्धी कार्ययोजनालगायत साझा चासोका विषयमा छलफल भएको थियो । नेपालले अति कम विकसित देशहरुको विश्वव्यापी समन्वय समूहको अध्यक्षका नाताले अतिकम विकसित देशहरुको सामूहिक हितका खातिर एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिएको उक्त नियागले जनाएको छ ।
यसैबिच, परराष्ट्रमन्त्री देउवा र सर्बियाका विदेशमन्त्री मार्को डिजुरिकले दुई देशका कूटनीतिक तथा सरकारी राहदानी वाहकहरुलाई प्रवेशाज्ञा आवश्यक नपर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद व्यवस्थापन गर्न ३ सय नगर प्रहरी परिचालन गरेका छौँ : बालेन
-
सप्तकोशीको टापुमा ३० जना फसे, पानीको बहाब ५ लाख क्यूसेक पुग्न लाग्यो
-
नख्खु खोलाले बगाएर ल्याएका सशस्त्र प्रहरीका उद्दारकर्ताको सफल रेस्क्यु (तस्बिरहरु)
-
बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु
-
काभ्रेको नार्केमा रोशी खोलाले करिब १० पक्की घर बगायो
-
डुबानमा काठमाडौँका करिडोर