शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

स्पेनिश लालिगा फुटबल : गेटाफेविरुद्ध बार्सिलोनाको जित, जिरोना र वालेकानोले अंक बाँडे

बिहीबार, १० असोज २०८१, ०३ : ००
बिहीबार, १० असोज २०८१

काठमाडौँ । स्पेनिश लालिगा फुटबलमा बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको छ । लिगअन्तर्गत बुधबार राति भएको खेलमा गेटाफेविरुद्ध १-० को जित निकाल्दै बार्सिलोनाले अपराजित यात्रा कायमै राखेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले १९ औँ मिनेटमा गोल गरे । त्यही गोल खेलको निर्णायक बन्यो । खेलमा बार्सिलोनाले दर्जनौँ राम्रा प्रयास गरेपनि थप गोल भने हुन सकेन । 

त्यसअघि बुधबारै भएको खेलमा जिरोना र रायो वालेकानोले अंक बाँडे । घरेलु मैदान भएपनि जिरोनाले वालेकानोविरुद्ध कुनै फाइदा उठाउन सकेन ।

दुवै टिम शुन्यको बराबरीमा मैदानबाहिर भए ।  खेलमा पहेँलो कार्डको वर्षा नै भयो । ७ खेलाडीले पहेँलो कार्ड पाएका थिए । जिरोनाले बलमा राम्रो कब्जा बनाएपनि गोल भने गर्न सकेन ।

दुवै टोलीले ५-५ खेल खेलिसक्दा लिग तालिकामा जिरोना ८ अंकसहित १२ औँ स्थानमा छ भने वालकानो ९ अंकसहित १० औँ स्थानमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप