शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

इन्टरमिटेण्ट फास्टिङ : यी पेय पदार्थले सहयोग गर्छन् तौल घटाउन

बिहीबार, १० असोज २०८१, ०१ : २२
बिहीबार, १० असोज २०८१

काठमाडौँ । इन्टरमिटेण्ट फास्टिङले तपाईको खाने बानीलाई बदल्छ । खाने र उपवासको अवधिलाई निर्धारण गर्दछ । यसले खानको लागि विशिष्ट खानाहरू तोक्दैन । तर कस्ता खानेकुराहरू खाने भनेर चिकित्सकको परामर्शमा आफ्नो स्वास्थ्य अवस्थाअनुसार उपयुक्त खानाहरू लिनु उत्तम हुन्छ । 

इन्टरमिटेण्ट फास्टिङको अवधिमा केही पेय पदार्थहरूले हाम्रो शरीरमा रहेको मेटाबोलिजमलाई बढाइ दिन्छन् । जसले गर्दा भोक कम लाग्ने हुन्छ भने शरीरमा पानीको मात्रा समेत सन्तुलन गर्दै तौल घटना मद्दत गर्दछन् ।

यी पेय पदार्थहरूले विशेषगरी हाइड्रेसन, मेटाबोलिजम, फ्याट बर्न, र भोक नियन्त्रणलाई सहयोग पुर्‍याउँछन् । जसले गर्दा तौल घटाउनका लागि सहयोगी बन्न सक्छन् । इन्टरमिटेण्ट फास्टिङको अवधिमा कस्ता पेय पदार्थहरू पिउनु उपयुक्त हुन्छ त ? यहाँ त्यसबारे चर्चा गरिएको छ । 

पानी 
पानी मानिसको शरीरका लागि नभइ नहुने तत्व हो । यसले हाम्रो शरीरलाई हाइड्रेड राख्नुका साथै सबैजसो शारीरिक कार्यहरूका लागि पानी अत्यन्त जरूरी हुन्छ । यसले भोक नियन्त्रण गर्न मद्दत गर्दछ । पानीको सन्तुलित मात्रा सेवन गर्दा शरीरमा पानीको मात्राको सन्तुलन कायम हुन्छ । जसले गर्दा मेटाबोलिजमको मात्रा पनि सन्तुलनमा आउँछ, र तौल कम गर्नका लागि मद्दत पुर्‍याउँछ । 

ग्रीन टी
'ग्रीन टी'मा पनि मेटाबोलिजमलाई बढाउन मद्दत गर्ने क्याटेचिन र क्याफिनजस्ता वस्तुहरूको मात्रा उच्च हुन्छ । जसकारण यसलाई मोटोपन घटाउने औषधिकोरुपमा समेत हेर्ने गरेको पाइन्छ । 

ब्ल्याक कफी
चिनी र क्रीमविनाको ब्ल्याक कफी कम क्यालोरीको हुन्छ । तर यसमा क्याफिनको मात्रा भने धेरै हुन्छ । जसले मेटाबोलिजमलाई बढाउन र मोटोपन घटाउन यो सहयोग गर्दछ । 

कागती पानी
कागती पानीमा कम क्यालोरी हुन्छ । तर यसमा भिटामिन 'सी'को मात्रा राम्रो हुन्छ । यसको नियमित सेवनले हाम्रो शरीरमा मेटाबोलिजमलाई बढाउन मद्दत पुग्दछ । विशेषगरी बिहानपख यसको सेवनले शरीर स्वस्थ राख्न, पाचन प्रणालीमा सुधार ल्याउन र तौल कम गर्नका लागि यो सहयोगी हुनसक्छ । 

हर्बल चिया
हर्बल चिया जस्तै पेपरमिन्ट, अदुवा र क्यामोमाइलले हाम्रो शरीरको पाचन क्षमतालाई बढाउँछन् । यस्ता पेय पदार्थले तनाव कम गर्न मद्दत गर्छन् भने तौल घटाउन पनि सहयोगी हुन्छन् । 

नरिवल पानी
नरिवलको पानीमा पनि क्यालोरी कम हुन्छ। तर यसमा भएको इलेक्ट्रोलाइट्सको मात्राले भने इन्टरमिटेन्ट फास्टिङको अवधिमा हाइड्रेसन र उर्जास्तर कायम गर्नमा मद्दत पुर्‍याउँछ । यसमा भएको प्राकृतिक चिनीको मात्राले शरीरलाई ऊर्जा प्रदान गर्दछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप