लेबनानमा सोमबारयता ९० हजारभन्दा बढी मानिस विस्थापित : राष्ट्रसंघ

काठमाडौँ । इजरायलको आक्रमणका कारण लेबनानमा संयुक्त राष्ट्रसंघले सोमबारयता ९० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार इजरेली सेनाले दक्षिणी लेबनान र बेक्का क्षेत्रमा गरेको हमलाका कारण हजारौँ मानिसहरू विस्थापित भइरहेको तथ्यांक सार्वजनिक भएको हो ।
लेबनानको स्वास्थ्य मन्त्रालयले बुधबारको इजरायली हवाई हमलाहरूमा मात्रै ५१ जनाको ज्यान गएको जनाएको छ। गत अक्टोबर ८ तारिखयता इजरायल र हिज्बुल्लाहबीच दैनिकजसो सीमापार हमला भइरहँदा उत्तरी इजरेलमा ६०,००० भन्दा बढी मानिसहरू विस्थापित भएका छन्।
इजरायलका उत्तरी कमाण्डका प्रमुख मेजर जनरल ओरी गोर्डिनले आफूहरू कारबाही अभियानको नयाँ चरणमा प्रवेश गर्न लागेको र त्यसका निम्ति आफ्नो सेना पूर्ण रूपमा तयार हुनुपर्ने बताए।
इजरायलले हिजबुल्लाहविरुद्ध थप व्यापक हवाई आक्रमणहरू जारी राख्दा हिजबुल्लाहले पनि उत्तरी इजरायलमा जबाफी आक्रमण गरिरहेको बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
२४ वर्षपछि बारको महासचिवमा एमालेको ‘कमब्याक’, को हुन् कोइराला ?
-
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
मिडेयाद्वारा आकर्षक अफर र लक्की ड्रको घोषणा
-
१२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटले ६ टोलीमात्र सहभागी गराउन पाउने
-
विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाई