बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहकारी ठगीमा संलग्नलाई नै सहकारी बोर्डमा नियुक्ति दिएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग

बिहीबार, १० असोज २०८१, ०० : ३१
बिहीबार, १० असोज २०८१

काठमाडौँ । सहकारी ठगीमा संलग्नलाई नै सहकारी बोर्डको सदस्यमा नियुक्ति दिएपछि प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानविन विशेष समितिले दोषी किटान गरेका व्यक्तिलाई सहकारी बोर्डको सदस्य बनाइएको भन्दै सिन्धुलीका युवराज सफलले प्रधानमन्त्री र मन्त्रीहरूको राजीनामा माग्दै उजुरी दिएका हुन् ।

उनको उजुरी प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता भएको छ । सरकारले हालै संगीता तामाङलाई सहकारी बिकास बोर्डको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनलाई संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको छ ।

'...संगीता तामाङलाई बोर्ड सदस्य बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन माग गर्दछु,' उजुरीमा भनिएको छ, 'मन्त्रिपरिषद्‌मा बसेर सहकारी ठगीमा संलग्न व्यक्तिलाई सहकारी विकास बोर्ड सदस्य बनाउने निर्णयमा साथ दिने सबै मन्त्रीहरुलाई पनि नैतिकताको आधारमा राजीनामा दिन माग गर्दछु ।'

संसदीय छानविन समितिले गोर्खा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र शिवशिखर सहकारीको १२ अर्ब ६१ करोड रकम हिनामिनामा संगीता संलग्न रहेको प्रतिवेदन तयार पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप