बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री ओलीसँग एमसीसीका कार्यकारी प्रमुखको भेटवार्ता

बुधबार, ०९ असोज २०८१, २३ : ४४
बुधबार, ०९ असोज २०८१

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेनियन च्यालेन्ज कर्पोरेशन च्यालेन्ज (एमसीसी)का कार्यकारी प्रमुख एलिस म्याकब्राइटले शिष्टाचार भेट गरेका छन् ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीसँग बुधबार एमसीसीका कार्यकारी प्रमुख म्याकब्राइटले भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप