जम्मु–काश्मीर विधानसभा निर्वाचन : ५५ प्रतिशत मतदान

नयाँ दिल्ली । जम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । निर्वाचनमा ५५ प्रतिशत मतदान भएको छ । केन्द्र शासित सो प्रदेशका ६ जिल्लाका २६ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको हो ।
निर्वाचन आयोगका अनुसार बेलुका ९ बजेसम्मको तथ्यांकअनुसार ५५ प्रतिशत मतदान भएको छ । यो पछिल्लो निर्वाचनका तुलनामा ५ प्रतिशत कम हो । सन् २०१४ मा ६० प्रतिशत मतदान भएको थियो ।
निर्वाचनमा २५ लाखभन्दा बढी योग्य मतदाताले मतदान गरेका छन् । आयोगको तथ्यांकअनुसार सबैभन्दा बढी मतदाता रियासीमा रहेका थिए । त्यहाँ ७१.८१ प्रतिशत मतदाता रहेका थिए भने सबैभन्दा थोरै श्रीनगरमा सबैभन्दा थोरै २७.३७ प्रतिशत मतदाता रहेका थिए ।
निर्वाचन आयोगका अनुसार दोस्रो चरणमा २३९ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये २ सय ३३ पुरुष र ६ महिला रहेका छन् । यसअघि सेप्टेम्बर १८ मा पहिलो चरणमा ७ जिल्लाका २४ विधानसभा सिटका लागि मतदान भएको थियो ।
पहिलो चरणमा ६१.३८ प्रतिशत मतदान भएको थियो । त्यसबेला सबैभन्दा बढी मतदान किश्तवाडमा ८०.२० प्रतिशत र सबैभन्दा कम पुलवामा ४६.९९ प्रतिशत मतदान भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु