बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आतिशी नेतृत्वको दिल्ली सरकारद्वारा कामदारहरूको न्यूनतम पारिश्रमिक बढाउने निर्णय

बुधबार, ०९ असोज २०८१, २२ : ५६
बुधबार, ०९ असोज २०८१

नयाँ दिल्ली ।  दिल्ली सरकारले अकुशल, अर्ध–दक्ष र दक्ष कामदारहरूको न्यूनतम पारिश्रमिक क्रमशः १८ हजार ६६, १९ हजार नौ सय २९ र २१ हजार नौ सय १७ रुपैयाँ प्रतिमहिना बढाउने निर्णय गरेको छ । दिल्लीका मुख्यमन्त्री आतिशी र श्रममन्त्री मुकेश अहलावतले बुधबार पत्रकार सम्मेलन गरी पारिश्रमिक वृद्धिको सूचना दिएका हुन् । 

आतिशीले भनिन्, “पारिश्रमिक वृद्धिबारे सबैलाई जानकारी गराउन चाहन्छु । अरविन्द केजरीवालको सरकारले देशमा सबैभन्दा बढी न्यूनतम पारिश्रमिक दिएको छ । बीजेपीले सधैं गरिबहरूको विरुद्धमा काम गरेको छ ।’ 

उनले थप भनिन्– ‘जब सन् २०१६/२०१७ मा दिल्ली सरकारले न्यूनतम पारिश्रमिक बढाउने कुरा गर्यो, तब भाजपाले हामीलाई रोक्यो । अदालतबाट न्यूनतम पारिश्रमिक बढाउने आदेशको भाजपाले कडा विरोध गर्यो तर अरविन्द केजरीवालको सरकारले दिल्लीका आम जनताको पक्षमा निर्णय ल्यायो ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप