अमेरिकाको 'सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र' मा प्रधानमन्त्री ओलीले मृतकहरूप्रति व्यक्त गरे श्रद्धाञ्जली
सन् २००१ मा आतंककारी समूहले अपहरण गरेको दुई वटा हवाइजहाज ट्वीन टावरमा ठोक्किँदा दुई हजार नौ सय ७७ जनाको दुःखद् निधन भएको थियो । उक्त स्थानमा हाल सङ्ग्रहालय र वाटर पार्क निर्माण गरिएको छ ।
न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘वर्ल्ड ट्रेड सेन्टर’ क्षेत्रस्थित ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा पुगेर मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उक्त स्मारकलाई ९–११ स्मारकका रूपमा चिनिन्छ ।
सन् २००१ मा अल क्वाइदासम्बद्ध आतङ्ककारी समूहले अपहरण गरेको दुई वटा हवाइजहाज ट्वीन टावरमा ठोक्किँदा दुई हजार नौ सय ७७ जनाको दुःखद् निधन भएको थियो । उक्त स्थानमा हाल सङ्ग्रहालय र वाटर पार्क निर्माण गरिएको छ । स्मारकमा मारिकाहरू सबैको तस्बिर र विस्तृत विवरणसहित विद्युतीय अभिलेख राखिएको छ ।
प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत भ्रमण दलका सदस्य उक्त स्थानमा पुगेका थिए ।
प्रधानमन्त्री ओलीलाई सङ्ग्रहालयका अधिकारीहरूले उक्त आततायी घटना र त्यसका अवशेषहरू समेटेर बनाइएको अत्याधुनिक सङ्ग्रहालयबारे अवगत गराएका थिए । प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार रिमालले उक्त घटनाको पीडा स्मरण र धैर्य महसुस गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ वर्षमा पनि बनेन कालीगण्डकी करिडोरको २५ किमी सडक
-
सहकारी ठगीमा संलग्नलाई नै सहकारी बोर्डमा नियुक्ति दिएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग
-
परराष्ट्रमन्त्री राणा र स्पेनका राष्ट्रपति सान्चेजबीच भेटवार्ता
-
फार्मेसी क्षेत्रका समस्या समाधान गर्न दलका नेताहरूको प्रतिबद्धता
-
मेलम्चीका बाढीपीडितको चेतावनी, 'हाम्रा माग पूरा नभएसम्म पानी काठमाडौँ लैजान दिदैनौँ'
-
प्रधानमन्त्री ओलीसँग एमसीसीका कार्यकारी प्रमुखको भेटवार्ता