बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पदाधिकारीमाथि भएको कुटपिटप्रति लुम्बिनी विकास कोषद्वारा खेद प्रकट

बुधबार, ०९ असोज २०८१, २१ : २५
बुधबार, ०९ असोज २०८१

बुटवल । लुम्बिनी विकास कोषले निर्माण व्यवसायीसँग सम्बन्धित व्यक्तिबाट कोषका पदाधिकारीलाई गालीगलौज तथा कुटपिट भएको घटनाप्रति खेद प्रकट गरेको छ । कोषले सो घटनामा संलग्नलाई कारबाहीको मागसमेत गरेको छ ।

कोषका सदस्यसचिव सानु राजा शाक्यले बुधबार विज्ञप्ति जारी गरी भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल, लुम्बिनीमा यस खालको क्रियाकलाप हुनु अत्यन्तै निन्दनीय र खेदजनक रहेको जनाएका छन् ।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरू र कोषको संयुक्त आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमपछि मंगलबार निर्माण व्यवसायीसँग सम्बन्धित केही व्यक्ति आइ हुल हुज्जत गर्दै कोषका उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवलाई गाली गलौज गर्नुका साथै लछारपछार गर्दै कुटपिट समेत गरेको थियो ।

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र कार्य गरिरहेका निर्माण व्यवसायीहरूको भुक्तानीको सम्बन्धमा केही दिनदेखि निर्माण व्यवसायीले धर्ना गरिरहेका थिए । यस सम्बन्धमा कोषको तर्फबाट समस्या समाधानका लागि निर्माण व्यवसायीसँग पटकपटक बैठक बसेको समेत विज्ञप्तिमा भनिएको छ ।

भुक्तानीको सहजताका लागि कोषका कोषाध्यक्षको नेतृत्वमा सदस्यसचिव र योजना प्रमुख समेत निर्माण व्यवसायीका प्रतिनिधिहरूसँग असोज ७ गते दिउँसो बैठक बसेर उपाध्यक्षको उपस्थितिमा भुक्तानी प्रक्रिया अगाडि बढाउने भन्ने अनौपचारिक सहमति समेत भइसकेको अवस्थामा घटना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्माण व्यवसायीको भुक्तानी कार्य अगाडि बढाउन कोष सकारात्मक रहेको भन्दै विज्ञप्तिमा सोका लागि कोषभित्र कार्यस्थलमा उपस्थित भइ काम गर्ने उचित वातावरण तयार भएमा मात्र सम्भव हुने प्रस्ट पारिएको छ । 

llllllll

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप