बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारले कुनै पनि क्षेत्र र भूगोललाई विभेद गर्दैन : मन्त्री दाहाल

बुधबार, ०९ असोज २०८१, २१ : २३
बुधबार, ०९ असोज २०८१

जनकपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले कुनै पनि क्षेत्र र भूगोललाई विभेद नगर्ने बताएका छन् । 

रेल तथा सडकका विभिन्न आयोजनाहरूको निरीक्षणका लागि बुधबार जनकपुर पुगेका मन्त्री दाहालले कहीँ र कतै पनि विभेद नगरी विकास निर्माणको कार्यलाई गति दिने बताए । 

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले विकास निर्माणका सवालमा सरकारले कुनै पनि विभेद  र पूर्वाग्रह नराख्ने प्रष्ट पारेका हुन् । दूरगामी महत्वका योजना तथा आयोजनाहरूलाई गति दिन सरकार क्रियाशील रहेको भन्दै उनले कुनै पनि कार्यक्रमलाई अवरुद्ध हुन नदिइने समेत बताए । 

मन्त्री दाहालले बिहीबार रेल मार्ग निर्माण र विस्तारका बारेमा स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ । मन्त्री दाहाल नेतृत्वको निरीक्षण टोलीमा मन्त्रालयका अधिकारीहरू सहित विभिन्न विभागीय प्रमुखहरू समेत रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप