बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, ०९ असोज २०८१, २२ : ००
बुधबार, ०९ असोज २०८१

आज २०८१ असोज ९ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • राजनीतिमा हलचल

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबिच भएको भेटवार्ताले राजनीति तरङ्गित भएको छ । प्रचण्ड र मिश्रबिच मंगलबार खुमलटारमा भेटवार्ता भएको थियो । सामाजिक सञ्जालमा भेटवार्ताबारे जानकारी दिँदै उनले राजसंस्था पुनर्स्थापना नगर्ने हो भने देश विस्फोटको अवस्थातिर जानसक्नेतर्फ प्रचण्डको ध्यानाकर्षण गराएको उल्लेख गरेका थिए । साथै, भेटमा प्रचण्डले राखेको अर्थपूर्ण धारणा भन्दै मिश्रले ७ बुँदामा जानकारी गराएका थिए ।

  • माधव नेपाललाई सकस

नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन सम्पन्न गरेको झन्डै तीन महिना पुग्न लाग्दा पनि नेताहरूको कार्य विभाजन गर्न सकेको छैन । महाधिवेशनपछि नेताहरूको कार्य विभाजन गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा अध्यक्ष माधव नेपालबाहेक सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल र प्रकाश ज्वाला रहेका छन् ।

  • ओलीको 'क्रेज'

 प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता खस्किँदै गएको चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ । चौथो पटक सरकारको नेतृत्व गरिरहेका ओलीको काम कारबाही उत्साहप्रद नदेखिएको विश्लेषक बताउँछन् ।

  • सहकारी ठगी प्रकरण

सहकारी संस्थाका बचत रकम दुरुपयोग, हिनामिना र अपचलनबारे संसदीय विशेष समितिले रवि लामिछानेमाथि कारबाहीको सिफारिस गरेसँगै राजनीतिक ध्रुवीकरण बढेको छ । गोरखा मिडियाका तत्कालीन प्रबन्धक निर्देशक रवि लामिछाने समेतलाई समितिले कारबाही सिफारिस गरेपछि पक्ष विपक्षमा बहससँगै सोही किसिमका प्रतिक्रिया पनि सार्वजनिक भइरहेका छन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी बिरामी परेका छन् । मंगलबारदेखि सुरु भएको उनको बयान बिरामी परेका कारण आज (बुधबार) रोकिएको छ । 

  • शिक्षकलाई मासिक तलब

‘शिक्षकलाई मासिक तलब दिने व्यवस्था मिलाउन म स्थानीय सरकारलाई अनुरोध गर्दछु,’ शिक्षामन्त्री विद्या भट्टराईदले राष्ट्रिय शिक्षा दिवसको अवसरमा गरेको अनुरोध हो यो । असोज २ गते शिक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले शिक्षकलाई मासिक रूपमा तलब दिन स्थानीय सरकारसमक्ष अनुरोध गरेकी थिइन् ।

  • बिहीबारदेखि मौसम बदली

नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको हो । 

  • रेशम र रञ्जिताबिच सहमति

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक नेता रेशमलाल चौधरी बिचको विवाद समाधान भएको छ । दुवै जनाको बिचमा सहमति भएपछि संयुक्त हस्ताक्षरबाट असोज १८ र १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

  • दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । विद्युतीय कारोबार ऐन–२०६३ अनुसार अनुसन्धान गर्न यसअघि ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । 

  • क्यानडा भ्रमणको पाठ

धेरै अर्थमा महत्त्वपूर्ण रहेको आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो दोस्रो शृङ्खला नेपालका लागि निराशाजनक बन्यो । विश्वकप लिग–२ को आफ्नो दोस्रो शृङ्खला खेल्न क्यानडा पुगेको नेपाली टोलीले अपेक्षा अनुरूपको प्रदर्शन गर्न सकेन ।

  • जिम्बु थकाली कारबाही प्रकरण

उपभोक्ता संरक्षण ऐन, २०७५ मा कुनै पनि उपभोग्य वस्तु एमआरपी (अधिकतम खुद्रा मूल्य) भन्दा बढीमा बिक्री गर्न नपाइने व्यवस्था छ । एमआरपी भन्दा बढीमा बिक्री गरेको पाए सोही ऐनका आधारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप