भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा
बुधबार, ०९ असोज २०८१, २० : ४२

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालका लागि सेमिफाइनल पुग्न बुधबार भुटानलाई हराउनै पर्ने बाध्यता थियो भने भुटानलाई बराबरीले पर्याप्त हुने थियो । नेपालले भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
खेलमा अग्रता भने भुटानले लिएको थियो । घरेलु टोलीका लागि योन्टेन थारचेनले ४३ औँ मिनेटमा गोल गरे । तर कृष्णबहादुर आलेले ५६ औँ मिनेट र सुजल डंगोलले ८४ औँ मिनेटमा गोल गर्दै नेपाललाई पुनरागमन जित दिलाए ।
थिम्पुमा जारी प्रतियोगिताको समूह बीमा दोस्रो स्थानमा रहेको नेपालले सेमिफाइनलमा नेपालले समूह ‘ए’ को विजेता भारतको सामना गर्नेछ । त्यस्तै अर्को सेमिफाइनलमा पाकिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ