बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

बुधबार, ०९ असोज २०८१, २० : १८
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । अर्थ मन्त्रालय उच्चस्तरीय व्यवस्थापन समूहले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको छ । बुधबार मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

अर्थ सचिव रामप्रसाद घिमिरेको नेतृत्वमा बसेको बैठकमा राजश्व सचिव दिनेशकुमार घिमिरे, मन्त्रालयका सहसचिव र मन्त्रालय मातहतका सबै विभाग तथा कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको न्यूनतम कार्यक्रम पारित गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसअघि सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले बनाएको कार्यदलले सोही दिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गरेको थियो ।

बैठकले एक सय दिनमा सम्पन्न गर्नुपर्ने कार्यक्रम, अन्तरमन्त्रालय समन्वय, राजस्व परिचालन, पुँजीगत खर्च, अर्थ मन्त्रालयको वार्षिक बजेटको कार्यान्वयन लगायतका विषयहरूलाई विशेष प्राथमिकता दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप