बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कतार पठाउँछु भनेर ८० हजार ठगेको आरोपमा युवक पक्राउ

बुधबार, ०९ असोज २०८१, १९ : ५७
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । कतार पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भएर काठमाडौँ बस्ने ३१ वर्षीय खालिक खान छन् ।

आरोपीलाई चन्द्रागिरि नगरपालिका वडा नम्बर–१५ स्थित तिनथानाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए । उनले १ जना पीडितसँग ८० हजार ठगेका हुन् । प्रहरीले उनलाई वैदेशिक रोजगार विभागमा बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप