अमेरिका भ्रमणमा मोदीले ट्रम्पलाई भेटेनन्
वाशिङटन डीसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाबाट फर्किएका छन् । यस भ्रमणमा मोदीले अमेरिकी राष्ट्रपतिलाई भेटे, क्वाड सम्मेलनमा भाग लिए, संयुक्त राष्ट्र संघ (यूएन)लाई सम्बोधन गरे, धेरै देशका राष्ट्र प्रमुखसँग भेटघाट पनि गरे । तर उनी अमेरिकाको घरेलु राजनीतिबाट टाढा रहे ।
प्रधानमन्त्री मोदीले फिलाडेल्फिया र न्यूयोर्कमा भारतीय समुदायलाई भेटेका थिए । राष्ट्रपति जो बाइडेनले मोदीलाई डेलावेयरस्थित निवासमा स्वागत गरेका थिए । यस भ्रमणका क्रममा अमेरिकाले भारतका धेरै पुरातन वस्तुहरू भारतलाई फिर्ता गर्यो । चार नेताहरुको सम्मेलनमा मोदी पनि सहभागी थिए । संयुक्त राष्ट्र संघमा मोदीले प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बास र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पनि भेट गरेका थिए ।
मोदीको भ्रमण अघि रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिको चुनावका उम्मेदवार रहेका डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्रीले आफूलाई भेट्ने बताएका थिए । तर यो भेट हुन सकेन ।
ट्रम्पले मोदीलाई भेट्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट नै गरेका थिए । मोदी अमेरिका पुग्नुअघि नै अमेरिकी पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले मोदीको अमेरिका भ्रमणअघि विदेश मन्त्रालयले आफूलाई भेट्ने दाबी गरेका थिए ।
पत्रकार सम्मेलनमा सचिव विक्रम मिश्रीलाई पत्रकारहरुले ट्रम्पसँगको भेटबारे सोध्दा उनले अहिलेसम्म केही निर्णय भइनसकेको बताए । अर्थात् उनले न त यो भेटको पुष्टि गरे र न त खण्डन गरे । तर यो भ्रमणका क्रममा ट्रम्प र मोदीबिच भेट भएन । न्युयोर्क शहर वा लङ आइल्याण्डमा मोदीको भारतीय समुदायसँगको कार्यक्रममा ट्रम्प सहभागी हुन सक्ने अनुमान गरिएको थियो ।