शीर्ष स्थानमा उक्लियो यल टेबलटेनिस एकेडेमी
बुधबार, ०९ असोज २०८१, १९ : १८
_hUFhKKuXNK.jpg)
काठमाडौँ । नव प्रवेशी टोली यल टेबलटेनिस एकेडेमी राजधानीमा जारी स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग सिजन–२ को तेस्रो दिन बुधबारको राउन्ड रोविन लिग सम्पन्न हुँदासम्म शीर्ष स्थानमा उक्लिएको छ । यलले सर्वाधिक ४६ अंक जोडेको छ । यल अघिल्लो दिन मंगलबार २७ अंकसाथ तेस्रो स्थानमा थियो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी ४४ अंकसाथ दोस्रो र नेपाल पुलिस क्लब ४० अंकसाथ तेस्रो स्थानमा रहेका छन् ।
यसैगरी, २८ अंकसहित नेपाल एपीएफ क्लब चौथो, २६ अंकसहित रेड टाइल्स पाँचौँ, २५ अंकसहित होप्स टेबलटेनिस एकेडेमी छैटौँ र १२ अंकसहित ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लब सातौँ स्थानमा छन् । सात टोली सहभागी प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कपको तयारी पूरा, जियानलुइजी बुफोन पनि आउने
-
नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गर्न समीक्षाको माग
-
डकेटको शानदार शतक, अस्ट्रेलियासामु विशाल लक्ष्य
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख