बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बीआरआईले नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउनेछ : अध्यक्ष दाहाल

बुधबार, ०९ असोज २०८१, १८ : ५६
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् । काठमाडौँमा बुधबार आयोजित ‘बीआरआई : अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै दाहालले बीआरआईले पूर्वाधार विकास, व्यापार विस्तार, र अन्तरदेशीय सम्पर्कलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।

उनले सन् २०१७ मा नेपाल र चीनबिच बीआरआई समझदारीमा हस्ताक्षर भएको र यसले नेपाललाई ऊर्जा, सडक, रेल सम्पर्क लगायत ठुला परियोजनामा साझेदारीको अवसर प्रदान गर्ने उल्लेख गरे । बीआरआईअन्तर्गत नेपालले भौतिक पूर्वाधारमा गुणस्तरीय सुधार गर्न सक्ने र अन्तर्राष्ट्रिय बजारमा नेपालको पहुँच बढाउने विश्वास पनि उनले व्यक्त गरेका छन् । 

दाहालले बीआरआईले नेपालमा प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्दै रोजगार सृजनामा योगदान पुर्‍याउने र औद्योगिक विकासलाई गति दिने बताउँदै नेपालले परियोजनाबाट व्यापार, कृषि, हाइड्रोपावर, र हस्तकलामा लाभ उठाउन सक्ने धारणा राखे ।  साथै, दुई देशबिचको सांस्कृतिक, शैक्षिक, पर्यटन र स्वास्थ्य क्षेत्रमा पनि सहकार्य विस्तार हुने विश्वास उनले व्यक्त गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप