बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रामराज्यको दसौँ शृङ्खला : भ्रष्टाचार नियन्त्रणमा डेनमार्कले हासिल गरेको सफलता

बुधबार, ०९ असोज २०८१

काठमाडौँ । रातोपाटीको साप्ताहिक कार्यक्रम ‘रामराज्य’को दसौँ शृङ्खलामा भ्रष्टाचार नियन्त्रणमा डेनमार्कले हासिल गरेको उपलब्धि सम्बन्धी सामाग्री प्रस्तुत गरिएको छ ।

‘विश्वासको भूमि’ मानिने देश डेनमार्कले भ्रष्टाचार नियन्त्रणमा अपनाएका विधिहरूबारे यस कार्यक्रममा चर्चा गरिएको छ । 

हरेक बुधवार राति ७ बजे रातोपाटी टिभीमा प्रसारण हुँदै आएको ‘रामराज्य’ मा विश्वका धेरै देशले विभिन्न क्षेत्रमा गरेका उत्कृष्ट कामहरू समेट्ने सिलसिलामा यो शृङ्खलामा सहमतीय राजनीतिक संस्कृति रहेको डेनमार्क खुसी देशहरूको सूचीमा अग्रपङ्क्तिमा रहनुको रहस्य खोतल्ने प्रयास गरिएको छ । यो देशले भ्रष्टाचार नियन्त्रणमा अपनाएको विधि विकासशील देशहरुका लागि उदाहरणीय हुन सक्ने विषय कार्यक्रममा समावेश गरिएको छ ।

यसअघि गत बुधबार प्रसारित कार्यक्रमको नर्वौं शृङ्खला धनीहरूको देश सिंगापुरको प्रगतिमाथि केन्द्रित थियो ।

रामराज्यको आठौँ शृङ्खलामा फ्रान्सको लोभलाग्दो पर्यटन, सातौँ शृङ्खलामा आइसल्यान्डमा न्यून अपराध, छैटौँ शृङ्खलामा विश्वको समृद्धिशाली मुलुक जापानको प्रगति, पाँचौँ शृङ्खलामा स्विट्जरल्यान्डको विकास मोडल, चौथो शृङ्खलामा  दुनियाँलाई चकित पार्ने क्युबाको स्वास्थ्य क्रान्ति, तेस्रो शृङ्खलामा फिनल्यान्डको सार्वजनिक प्रशासनको सेवा–प्रवाह, दोस्रो शृङ्खलामा ब्राजिलले कृषिमा गरेको हरित क्रान्ति र पहिलो शृङ्खलामा चीनले ८० करोड नागरिकलाई गरिबीबाट मुक्त गरेको चमत्कारिक विकास सम्बन्धी सामाग्री प्रस्तुत गरिएको थियो ।

कार्यक्रम ‘रामराज्य’मा विश्वका धेरै देशले विभिन्न क्षेत्रमा गरेका उत्कृष्ट कामहरू समेट्ने गरिन्छ । त्यस क्रममा विभिन्न देशका आदर्श शासनको अभ्यास र उदाहरणीय प्रगतिलाई समेटेर कार्यक्रम ‘रामराज्य’ प्रसारण गर्ने गरिएको हो । १२ शृङ्खलासम्म प्रस्तुत हुने यो कार्यक्रममा रामराज्यको कल्पनालाई कुन मुलुकले कसरी वास्तविकतामा बदलेका छन् भनेर १२ देशको कथा समेटिने रातोपाटीले जनाएको छ । विश्व क्रान्तिको इतिहाससम्बन्धी कार्यक्रम ‘उथलपुथल’को शृङ्खलापछि रातोपाटीले अर्को रोचक कार्यक्रम रामराज्य पस्किइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया