निगमले विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ ।
निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो । निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको थियो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार चाडपर्वपश्चात् पनि विराटनगर, पोखरा र नेपालगन्ज कार्यालयबाट टिकट वितरण गर्नेगरी व्यवस्था मिलाउनेछ । उक्त व्यवस्थापनका लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।
‘आगामी बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा र सो पश्चात् समेत निरन्तर रहने गरी नेपाल वायुसेवा निगमका उडानहरुबाट यात्रा गर्न सहज रूपमा टिकट प्राप्त होस् भनी निगमका विराटनगर, पोखरा र नेपालगन्ज स्थित कार्यालयहरूबाट बिक्री गर्ने व्यवस्था मिलाउन र यसलाई प्रभावकारी रूपमा लागू गर्न निर्देशन दिइएको छ’, विज्ञप्तिमा भनिएको छ ।
साथै, यात्रुहरूले आफ्नो मोबाइलबाट वा निगमको ‘वेब–साइट’बाट ‘अनलाइन टिकट’लिन सकिने व्यवस्था रहेकामा स्थानीय ठाउँबाट समेत सेवा दिँदा सेवाग्राहीले अझ प्रभावकारी ढङ्गले टिकेटिङको सेवा लिने निगमको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्त राखेर परमाणु कार्यक्रममाथि अमेरिकासँग वार्ता गर्न तयार भयो इरान
-
४५ सेकेण्डको विज्ञापनका लागि अल्लु अर्जुनलाई कसले दियो ३०० करोड ?
-
राष्ट्रपतिको ठाउँमा राजा ल्याउने सपना
-
रवि लामिछाने ओली र देउवासँग मिलेको मुकुलको दाबी
-
निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुहोस् : प्रधानमन्त्री ओली
-
भूमि समस्याको स्थायी समाधान गर्ने संघीय र सात वटै प्रदेशका भूमि मन्त्रीको प्रतिबद्धता