बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पाण्डेले पशुपतिबाट थाले शौचालय सरसफाइ अभियान

बुधबार, ०९ असोज २०८१, १७ : ३९
बुधबार, ०९ असोज २०८१

धनगढी । कैलालीको गोदावरी नगरपालिका घर भएका लोकराज पाण्डे ‘आगो’ले पशुपति मन्दिरस्थित शौचालय सरसफाइ गर्दै स्वच्छता अभियान सुरु गरेका छन् ।

शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समिति संयोजक समेत रहेका आगोले बुधवार परेको आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक स्थल सरसफाइ अभियान थालेका हुन् ।  

‘स्वच्छता नै जीवन हो’ भन्ने मूल नारा बनाएका उनले आज काठमाडौँस्थित पशुपति क्षेत्र अन्तरगत रहेको शौचालय सरसफाइ गरेको बताएका छन् ।

अभियान अन्तरगत प्रत्येक बुधवार सार्वजनिक विद्यालय, मठ मन्दिरलगायत सार्वजनिक स्थलको जीवन रहुन्जेल सरसफाइ गर्ने आफ्नो योजना रहेको सुनाए । अभियानलाई देशव्यापी बनाउने समेत उनले सङ्कल्प गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप