बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
नेपाल प्रहरी

भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही विवादमा, परिसरले अनुसन्धान गर्दै

बुधबार, ०९ असोज २०८१, १७ : ०४
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाही विवादमा तानिएकी छन् । आर्थिक अपचलन गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान सुरु गरेको छ । जेठ २३ मा उनलाई भैंसीपाटी पठाइएको थियो ।

बलात्कारको घट्नामा आरोपीसँग मिलेर उनले हनिट्रयापमा रूपान्तरण गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले घटनाबारे ललितपुर प्रहरीले छानबिन गरिरहेको बताइन् । उनले भनिन्– ‘आचरण विपरीत काम गरेको भन्ने मैले सुनेँ, लतिलपुरका एसएसपी साबलाई छानबिन गर्नु भनेको छु ।’

बलात्कार घटनालाई रूपान्तरण गरेर उनले आर्थिक ‘फाइदा’ लिएको आरोप छ । उनका दुई जना आफन्तको खातामा बलात्कार आरोपीले रकम जम्मा गरेको भेटिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

कञ्चनपुरमा रहँदा पनि बिनु विवादमा परेकी थिइन् । २०८० माघमा कञ्चनपुरमा कार्यरत प्रहरी जवान राजेन्द्र नाथले उनकै कारण राजीनामा दिनुपरेको बताएका थिए । त्यसबारे समाचार लेखेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवरलाई पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप