बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भोलिदेखि नेपाल हस्पिटालिटी कन्क्लेभ हुने

बुधबार, ०९ असोज २०८१, १६ : ३९
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण भोलिदेखि काठमाडौँमा हुने होटल संघ नेपालले जनाएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धनको उद्देश्यले आयोजना गर्न लागिएको सम्मेलन असोज ११ गतेसम्म बूढानीलकण्ठस्थित लेमोन ट्रि प्रिमियर होटलमा हुनेछ ।

उक्त सम्मेलनले होटल सञ्चालक, लगानीकर्ता, नीति–निर्माता, नियामक, विज्ञ, नेपालमा सञ्चालित विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय होटलहरुको नेतृत्वलगायत करिब २०० जनाभन्दा बढी सरोकारवाला तथा सहभागीहरुलाई एकै छानामुनि ल्याउने संघले जनाएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालका होटलहरुको वर्तमान अवस्था, समस्या एवं चुनौती, नयाँ चालचलन एवं अभ्यास, नवप्रवर्तन, सहकार्य, आईटी प्रविधि, डिजिटल मार्केटिङ तथा साझेदारी लगायतका विषयहरुमा घनिभूत छलफल हुनेछ ।

सम्मेलन होटल संघ नेपालसँगको सहकार्यमा बिनस्टक एसिया नेपाल, वाटरकम र नेपाल ट्राभलरको संयुक्त रुपमा आयोजना हुन लागेको हो ।   सम्मेलनमा उठेका विषयवस्तु स्वेतपत्र बनाएर सरकारी तथा सम्बन्धित निकायमा बुझाइने पनि होटल संघ नेपालले जनाएको 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप