म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीको घुँडामा समस्या
बुधबार, ०९ असोज २०८१, १६ : ३०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका स्पेनिस मिडफिल्डर रोड्री केही समय मैदानबाट बाहिर रहने भएका छन् । २८ वर्षीय रोड्रीको घुँडाको लिगामेन्टमा समस्या देखिएको म्यानचेस्टर सिटीले जनाएको छ ।
गत आइतबार सम्पन्न आर्सनलविरुद्धको खेलको २१ औँ मिनेटमा उनी घाइते हुँदै मैदानबाट बाहिरिएका थिए । उनी आर्सनलका खेलाडी थोमस पार्टीसँग ठोक्किएर घाइते भएका थिए । रोड्री कति समय मैदानबाट बाहिर रहने हुन् भन्ने विषयमा केही बताइएको छैन ।
‘उनको चोटको थप परीक्षण भइरहेको छ । रोड्री कहिलेसम्म मैदान बाहिर रहन्छन् भन्ने विषयमा अहिले नै केही बताउन सकिन्न,’ म्यान सिटीले भनेको छ । रोड्रीले म्यानचेस्टर सिटीको केही खेल भने गुमाउने पक्का छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ वर्षपछि दोदा नदीमा पुल बन्दै
-
प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
-
राजस्थानमाथि लखनऊको रोमान्चक जित, अंक तालिकामा पनि सुधार
-
व्यक्तिगत लगानीमा बनाइएको शिद्वेश्वर धाम वनलाई हस्तान्तरण
-
१२ बजे, १२ समाचार : आइतबार फेरि राप्रपाको प्रदर्शनदेखि नेपाल बारको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरणसम्म
-
बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण