निर्मला कुर्मीलाई न्याय दिन पहल गर्छु : वामदेव गौतम
बुधबार, ०९ असोज २०८१, १५ : ४९
![निर्मला कुर्मीलाई न्याय दिन पहल गर्छु : वामदेव गौतम](https://npcdn.ratopati.com/media/news/bamdev-(7)_VC8dqWAzRc.jpg)
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्मला कुर्मीलाई न्याय दिन पहल गर्ने बताएका छन् । बुधबार माइतीघरमा निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनरत रूवी खानलगायतलाई भेटेर उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर बादशाह कुर्मीमाथि थप अनुसन्धान गरेर कारबाही गर्न पहल गर्ने बताए । उनले भने,‘सरकार यो विषयमा गम्भीर देखिएन प्रधानमन्त्री विदेशबाट फर्किएपछि म आफैँ गएर प्रधानमन्त्रीलाई भेट्छु र बादशाह कुर्मीमाथि थप अनुसन्धान गरेर कारबाही गर्न लगाउँछु ।’
निर्मला कुर्मीको न्यायको माग गर्दै रूवी खानलगायत ४८ दिनदेखि आन्दोलनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न
-
भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, को–कहाँ ? (सूचीसहित)
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस
-
रेबिज लागे मृत्यु पक्का !, जोगिन के गर्ने ?