बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

साहारा सहकारीको ऋण अपचलनमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर (अभियोग पत्रसहित)

बुधबार, ०९ असोज २०८१, १५ : ३३
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा संलग्न भएको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जितेन्द्रबाबुर (जीबी) राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

सहकारी ठगी कसुरमा उनीहरुविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलले बताए । 

उक्त सहकारीको पनि अध्यक्ष जीबी राई थिए । उनीसहित सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरको संलग्नमा सहकारीको रकम अपचलन गरिएको अभियोगपत्रमा दाबी गरिएको छ । 

जीबी राई समूहले ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन गरेको दाबी गर्दै सोही बराबर बिगो, जरिवाना र कैद सजाय अभियोगपत्रमा माग गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख लुइँटेलका अनुसार तीन वटा अभियोगपत्र पेस भएको छ । राईलाई फरार अभियोगपत्र दायर गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप