बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
पर्व

तस्बिरमा हेर्नुहोस् जितिया पर्व

बुधबार, ०९ असोज २०८१, १४ : ३९
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । काठमाडौँ उपत्यकामा बस्दै आएका थारु तथा मधेसी समुदायले जितिया पर्व मनाउँदै छन् । थारु समुदायका मानिसहरू उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक पोसाकमा सजिएर भेला भएर जितिया मनाइरहेका छन् ।

३ दिने जितिया पर्वमा विशेषतः आमाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवानको पूजा आराधना गर्ने गर्छन् ।

सोमबारदेखि सुरु भएको यो पर्वको सुरुवाती दिन– सोमबार मिथिलाञ्चलका साथै नेपालका अन्य स्थानमा छरिएर बसेका थारुहरूले “नहा खा” अर्थात् नुहाएर खाने विधी सुरु गरेका थिए । 

आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारू तथा मधेसी महिला कठोर उपवास बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकार बनाई खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा अनुसार मंगलबार बिहान ४ बजेदेखि सुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास बुधबार अपराह्न ५ बजे समापन गरिँदै छ ।

यो पर्वलाई जिवित्पुत्रिका व्रतको नामले पनि चिनिन्छ । वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, सखर, भिजाएको केराउ, दही–च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजाआजामा प्रयोग गरिन्छ ।

jitiya (1)jitiya (2)jitiya (3)jitiya (4)jitiya (5)jitiya (6)jitiya (7)jitiya (8)jitiya (9)jitiya (10)jitiya (11)jitiya (12)jitiya (13)jitiya (14)jitiya (15)jitiya (16)jitiya (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप