जसपा नेपाल ओखलढुंगाको अभियन्ता अभिमुखीकरण कार्यक्रम सुरु
ओखलढुंगा । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत ओखलढुङ्गामा अभियन्ता अभिमुखीकरण सुरु भएको छ । बुधबार सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले अभियानको उद्घाटन गरेका हुन् ।
जसपा नेपालले केन्द्रीय सदस्यहरुलाई पालिका समिति गठन र पुनर्गठनको जिम्मेवारीमा खटाएको छ । अभियानमा खटिएका अभियन्तालाई अभियानबारे प्रशिक्षण गर्न प्रदेश र जिल्लाहरुमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
जसपा नेपालले सबै तहका पदाधिकारी एवं सदस्यहरुलाई सक्रियतापूर्वक सङ्गठन सुदृढीकरण एवम् शुद्धिकरण कार्यमा निरन्तर लाग्न निर्देशन दिएको छ । यस अभियानमा असहयोग गर्ने, निष्कृय रहने, सहभागी नहुनेलाई मातहतका समितिले पार्टीको जिम्मेवारीबाट मुक्त गर्न सक्ने बताइएको छ ।
पार्टीका पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरुलाई अभियानको समन्वय र अनुगमनको जिम्मेवारी तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्पक्ष अनुसन्धानमा सहयोग गर्न मानव अधिकार आयोगको आग्रह
-
एन्फा महिला फुटबल लिग : जितसँगै दोस्रो स्थानमा पुलिसको दाबेदारी
-
रामराज्यको दसौँ शृङ्खला : भ्रष्टाचार नियन्त्रणमा डेनमार्कले हासिल गरेको सफलता
-
क्यानडा भ्रमणको पाठ : घरेलु क्रिकेटमा लामो ढाँचाका प्रतियोगिता अपरिहार्य
-
बीआरआईले नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउनेछ : अध्यक्ष दाहाल
-
स्थानीय तहले उत्पादन क्षमता बढाउनुपर्छ : मन्त्री काफ्ले