मधेस प्रदेश : ३ जनाको डुबेर मृत्यु

धनुषा । मधेस प्रदेशका तीन जिल्लामा एकै दिन डुबेर तीन जनाको मृत्यु भएको छ ।
सप्तरीको खडक नगरपालिका-४ पनसेरा बस्ने सुरेन्द्र चौधरीको छोरा ६ वर्षीय जेन्स कुमार चौधरीको डाक्नेश्वरी नगरपालिका-५ तरहिस्थित राधा कृष्ण मन्दिरको पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको स्वास्थ्य चौकी पातोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै रौतहटको माधवनरायण नगरपालिका-५ स्थित झाँझ खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने रामनरेश साहको छोरा ११ वर्षीय पवन साहको मंगलबार दिउँसो मृत्यु भएको छ ।
यता धनुषाको धनुषाधाम नगरपालिका-३ स्थित धनुष पोखरीमा डुबेर सोही ठाउँ बस्ने विकाउ मण्डलकी छोरी १३ वर्षीया चन्द्रिका मण्डलको मंगलबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धनुषाधाम समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर अस्पतालमा मन्त्रीको छड्के
-
रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की
-
पोर्चुगलमा वर्ल्ड नेवाः अर्गनाइजेशन डब्लुएनओ स्थापना
-
१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म
-
स्ववियु सभापतिका लागि डोटी बहुमुखी क्याम्पसमा राणाको दावेदारी
-
नेपालमै पहिलोपटक पुराणवाचकको लाइसेन्सका लागि एक वर्षे प्रशिक्षण सुरु