फोटोफिचर
ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान सुरु (तस्बिरहरू)
बुधबार, ०९ असोज २०८१, १३ : २३
![ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान सुरु (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/cover-lalitpur-_25H4NFFmFC.jpg)
ललितपुर । ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान सुरु भएको छ । बुधवारदेखि ललितपुर महानगर विपद् व्यवस्थापन शाखाले “चिने आगो जीवन बचाउने, नचिने त्यही संसार जलाउने’ भन्ने नारासहित आगलागी नियन्त्रण सचेतना अभियान कार्यक्रम सुरु गरेको हो ।
सोही कार्यक्रम अन्तर्गत ललितपुरमा आगलागी रोकथामका उपाय, अनपेक्षित आगलागीका पूर्व तयारीका प्याम्लेट, श्रव्य दृश्यका कार्यक्रमहरू शुभारम्भ गरिएको छ। ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले आगलागी नियन्त्रण सचेतना कार्यक्रम शुभारम्भ गरेका छन् ।
ललितपुर महानगर प्रहरीको संयोजनमा दस जनाको समूह अभियानमा खटिने नगर प्रमुखले जानकारी दिए । चाडपर्व नजिकिँदै गर्दा आगलागीका घटना बढ्ने हुँदा ललितपुर महानगरले सचेतना कार्यक्रम सुरु गरेको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानी मन्त्रीको कार्यकक्षमा आगलागी : पचास लाख बराबरको क्षति
-
पुस्तक, कुकुर र राजा
-
अन्तिम शनिबार सालीनदी मेलामा थेगिनसक्नु भीड, कमाउन बस्नेहरू मालामाल (तस्बिरहरू)
-
सत्ता अभ्यासका लागि राजेन्द्र महतोले गठन गरे नेवा: राष्ट्रिय परिषद्
-
पक्राउ पुर्जी जारी भएपछि के भने सोनु सूदले ?
-
च्याम्पियन्स ट्रफीअघि न्युजिल्याण्डका फर्गुसन घाइते