भरुवा बन्दुकसहित पक्राउ
बुधबार, ०९ असोज २०८१, १३ : २५

काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिका-६ काफल गैरा बस्ने ६३ वर्षीय मान बहादुर बुढालाई १ थान भरुवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मानबहादुरको घरमा भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गुटुबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यता भोजपुरको आमचोक गाउँपालिका-९ मालबासेस्थित बनमाराघारी जंगलबाट १ थान भरुवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी चौकी दुम्माबाट खटिएको प्रहरीले उक्त जङ्गलमा लुकाई छिपाई राखेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियुले पायो पुर्णता
-
पाथीभरा मन्दिरमा एक वर्षमा पुगे २ लाख २१ हजार भक्तजन, तीन करोड भेटी जम्मा
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न [तस्बिरहरु]
-
विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने