चीनले परीक्षण गर्यो लामो दूरीको क्षेप्यास्त्र

बेइजिङ । चीनले लामो दूरीको क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको छ । बुधवार बिहान प्रशान्त महासागरतर्फ चीनले अन्तरमहादेशीय ब्यालिष्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरेको हो ।
क्षेप्यास्त्र सिधै समुद्री क्षेत्रमा खसेको अनुमान गरिएको चीनको रक्षा मन्त्रालयले भनेको छ । यो नियमित परीक्षण भएको र आफ्नो वार्षिक तालिमको हिस्सा भएको पनि मन्त्रालयको भनाइ छ ।
मिसाइल कुन खालको थियो र यसले कस्तो बाटो समात्छ भन्ने अस्पष्ट भएको भनिएको छ । चीनको सरकारी सञ्चार माध्यमहरूले बेइजिङले पहिलो नै यसबारे अरू देशलाई सूचित गरेको बताएको छ ।
सन् १९८० को मेयता पहिलो पटक चीनले लामो दूरीको क्षेप्यास्त्रको परीक्षण गरेको थियो । यति लामो समयको अन्तरालमा गरेको परीक्षणलाई चीनले नियमित भनेपछि विश्लेषकहरू अचम्म मानेका छन् ।
चीनले परमाणु हतियारको परीक्षण घरेलु स्तरमा मात्रै गर्ने गरेको छ । यसअघि परीक्षण भएको आईसीबीएम आफ्नै भूभागमा खस्ने गरी गरिएको थियो । तर यसपटक सीमा बाहिर लक्षित गर्नुलाई पनि अर्को अर्थमा हेरिएको छ ।
परीक्षणका क्रममा कुनै पनि जहाजमा क्षति नपुगेको मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा