इरानबाट ज्यान मार्ने खतराबारे ट्रम्पले के भने ?

वाशिङटन डीसी । इरानले आफूलाई मार्न चाहेको तर सफल नभएको अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् । उसले फेरि यस्तै प्रयास गर्न सक्ने पनि उनले बताए ।
‘मेरो ज्यानलाई इरानबाट ठुलो खतरा छ । सम्पूर्ण अमेरिकी सेना हेर्दै छ र पर्खिरहेको छ । इरानले प्रयास त गरेको थियो तर असफल भयो । तर उसले फेरि पनि प्रयास गर्नेछ । यो अवस्था कसैको लागि राम्रो होइन । म त झन् धेरै मानिस, बन्दुक र हतियारहरूले घेरिएको छ । यो भन्दा अगाडि म धेरै मानिसहरूबाट यसरी घेरिएको थिइन् ।’ सामाजिक सञ्जालमा एउटा पोस्टमा ट्रम्पले लेखेका छन् ।
आफ्नो सुरक्षाका लागि थप रकम विनियोजन गरेको भन्दै उनले संसदलाई धन्यवाद पनि भने । रिपब्लिकन र डेमोक्रेटिक सांसदहरू यस मुद्दामा एकजुट भएको देख्दा आफूलाई राम्रो लाग्यो तर, पूर्वराष्ट्रपतिमाथि हमला गर्नु आक्रमणकारीका लागि मृत्युको निम्तो दिनुजस्तै भएको पनि उनले अगाडि लेखेका छन् ।
ट्रम्पको यो पोष्टपछि अमेरिकी राष्ट्रपतिको सुरक्षालाई लिएर बहस सुरु भएको छ । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ । रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेटिक पार्टीकी कमला ह्यारिससँग प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर