भदौ महिनामा काम खोज्दै ५७ हजार नेपाली बिदेसिए

काठमाडौँ । वैदेशिक रोजगारीका लागि एक महिनामै ५७ हजार भन्दा बढी नेपाली बिदेसिएका छन् । भदौ महिनामा वैदेशिक रोजगारीमा ५७ हजार ४९३ जना नेपाली बिदेसिएका हुन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार भदौ महिनामा पहिलो पटक श्रम स्वीकृति लिएर ३९ हजार ५५७ नेपाली बिदेसिएका छन् । भने १७ हजार ९३६ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
त्यसरी बाहिरिनेमा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । म्यानपावर कम्पनी मार्फत २९ हजार ५२८ जना गएका छन् भने व्यक्तिगत श्रम स्वीकृति लिएर ९ हजार २६ जना गएका छन् । त्यस्तै जीटुजी मार्फत एक हजार ३ जना गएका छन् ।
भदौ महिनामा सबैभन्दा बढी युएईमा गएका छन् । यूएईमा १८ हजार ६०५ जना नेपाली गएका छन् । त्यस्तै कतारमा ११ हजार २९१, साउदी अरेबियामा १० हजार ८३५,कुवेतमा चार हजार २१५, रोमानियामा एक हजार ८८८ जना नेपाली गएको विभागको तथ्याङ्क छ ।
मलेसिया जाने श्रमिकमा भने व्यापक गिरावट आएको छ । कुनै समय प्रमुख श्रम गन्तव्य मुलुक रहेको मलेसियामा भदौ महिनामा भने एक हजार १९५ श्रमिक गएका छन् ।
मलेसियाले गत मार्चमा आप्रवासी कटौती गर्ने निर्णय गरेसँगै गिरावट आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा