डोनाल्ड ट्रम्पलाई मार्न चाहन्छ इरान ?
वाशिङटन डीसी । अमेरिकामा राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई गुप्तचर अधिकारीहरूले सम्भावित खतराप्रति सतर्क गराएका छन् । मङ्गलवार अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्व राष्ट्रपतिलाई इरानबाट आइरहेको हत्या धम्कीबारे जानकारी दिएका थिए ।
यस क्रममा ट्रम्पको ज्यान धरापमा रहेको भनिएको थियो । ‘ट्रम्पलाई आज राष्ट्रिय गुप्तचर निर्देशक (ओडीएनआई) को कार्यालयले इरानले उनको हत्या गर्ने धम्की दिएकोबारे जानकारी दिएको छ । यस्तो गर्ने कोसिस गर्नेले अमेरिकामा अस्थिरता पैदा गर्ने र अराजकता फैलाउने कोसिस गर्न चाहन्छन्’ ट्रम्पको अभियान टोलीले एउटा बयानमा भनेको छ ।
पछिल्ला केही दिनयता बढेको छ खतरा
पछिल्लो केही महिनामा इरानी खतरा बढेको र अमेरिकी सरकारका अधिकारी ट्रम्पको रक्षा गर्न र चुनावलाई प्रभावित हुनबाट जोगाउनतिर काम गरिरहेको ट्रम्पको टोलीले भनेको छ । इरानले यसअघि पनि अमेरिकी मामिलामा हस्तक्षेप गरेको दाबीको खण्डन गरेको थियो । न्यूयोर्कमा संयुक्त राष्ट्रसंघ (यूएन) मा इरानको स्थायी मिसन र ओडीएनआईले मङ्गलवार अबेर रातिसम्म पनि यसबारे जवाफ दिएको छैन ।
यसअघि पनि भएको थियो हत्या कोसिस
फ्लोरिडास्थित ट्रम्पको गल्फ कोर्समा उनलाई मार्ने योजना बनाएका बन्दुकधारीमाथि मङ्गलवार अरु तीनवटा आरोप लगाइएको छ । यसमध्ये एउटा राष्ट्रपतिको उम्मेदवारको हत्याको कोसिस पनि सामेल छ । यसअघि जुलाई १३ मा पेन्सिलभेनियामा चुनावी र्यालीमा सम्बोधनका क्रममा ट्रम्पमाथि गोली हानिएको थियो । सो घटनामा एक जना व्यक्तिको मृत्यु भएको थियो भने ट्रम्पको कानमा चोट लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुअधिकारका लागि ‘भिगन ग्यालरी’
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’