अर्थ
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ६० हजार नाघ्यो
बुधबार, ०९ असोज २०८१, ११ : ५८
_UFmo8sTVL7.jpg)
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।
जुन मूल्य अहिलेसम्मकै उच्च भएको महासंघले बुधबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
अघिल्लो दिन मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो ।
यस्तै छापावाल सुन प्रति १० ग्राम भने बुधबार १ लाख ३७ हजार ५१५ रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ