कार दुर्घटनामा परेकी हुन् प्रियंका ?
बुधबार, ०९ असोज २०८१, १० : २७

काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले आफू सकुशल रहेको बताएकी छन् । मंगलबार उनीको बिषयमा नराम्रो हल्ला फैलिएपछि उनले सामाजिक सञ्जालमार्फत आफु सकुसल रहेको जानकारी दिएकी हुन् ।
इन्स्टाग्राममा एक स्टोरी सेयर गर्दै उनले आफू सुरक्षित रहेको र भ्रामक समाचारमा विश्वास नगर्न आग्रह गरेकी छन् ।
उनले भनेकी छन्– ‘कार दुर्घटनामा मेरो निधन भएको भन्ने भ्रामक खबर फैलिएको छ । यो खबरमा कृपया विश्वास नगर्नुहोला, चिन्ता नगर्नूस । म पूर्णरुपमा सुरक्षित छु र ‘ममी’ को सेटमा छु ।’
केही समययता बिभिन्न कलाकारलाई लिएर यस्तो हल्ला फैलिरहेको छ । केही दिन अगाडि कलाकार रामचन्द्र अधिकारीको बिषयमा पनि यस्तो हल्ला फैलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस