बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

खेर गएको स्याउका विभिन्न परिकार बनाउँदै मुगुका कृषक

बुधबार, ०९ असोज २०८१, १० : २७
बुधबार, ०९ असोज २०८१

मुगु । मुगुका कृषक खेर गएको स्याउबाट विभिन्न परिकार बनाएर सदुपयोग गर्न थालेका छन् । स्याउ उत्पादनको लागी निकै सुहाउँदो हावापानी भएको जिल्ला हुँदा पछिल्लो समयमा गाउँ गाउँमा सडक सञ्जाल  जोडिएपछि  मुगुका कृषकहरू खेर गएको स्याउबाट विभिन्न परिकार बनाउन थालेका हुन् ।

उत्पादन गरेका ठुला राम्रा स्याउ खेर जान थालेपछि कृषकहरू मारमा परेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईबाट पोस्ट हार्भेष्ट तथा फलफूल प्रशोधन तालिम पाएपछि  खेर जाने स्याउबाट विभिन्न प्रकारका बस्तुहरू बनाउन थालेका हुन् । 

लामो समयदेखि स्याउ खेती गरी राम्रो ठुला दाना भएको स्याउ बगैँचाबाट बिक्री हुने गरेको थियो । साना दाना लागेका स्याउहरू केही बगैँचाबाटै खेर जाने र केही घरमा ल्याएर गाई,भैँसीलाई खुवाएर खेर जाने गरेको स्थानीय जस बहादुर बुढाले बताए । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खेर जाने स्याउ लगायत अन्य फलफूलहरूको सदुपयोग गर्नको लागी पोस्ट हार्भेष्ट तथा फलफूल प्रशोधन तालिम दिएपछि अहिले खेर जाने स्याउ तथा अन्य फलफूलबाट जान, जेली, साईटर, जुस, चाना ,भुजा बनाएर सिप सिकेर यो वर्ष धेरै खेर गएका स्याउ तथा अन्य फलफूलहरू राम्रो आम्दानीको स्रोत बन्नुका साथै धेरै जनाले रोजगारी पाएको छायानाथ रारा नगरपालिका वडा नम्बर ५ का स्याउ कृषक बुढाले बताए ।

मुगुमा विगत लामो समयदेखि कृषकहरूले स्याउ खेती गर्दै आइरहेको भए पनि पछिल्लो समयमा सडक सञ्जालको राम्रो पहुँच पुग्दा व्यापारीहरू कृषकको बगैँचामा आएर राम्रो ए, बि ग्रेड स्याउ खरिद गरी लिने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख तेज विक्रम मल्लले बताए ।

सी,डी ग्रेडका स्याउ बिक्री नभएर खेर जाने कृषकको व्यापक गुनासो अनुसार आम्दानीको स्रोत बनाउनको लागी कार्यालयको वार्षिक कार्यक्रम अनुसार पोस्ट हार्भेष्ट तथा फलफूल प्रशोधनले तालिम दिएपछि कृषकहरूको थप आम्दानी बढ्नुका साथै यो वर्ष १८ जना कृषकहरूलाई जाम,जुस,जेली,साईटर,चाना बनाउने सिप सिकाइएको  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप