ट्रम्पपछि निशानामा ह्यारिस, कार्यालयमा गोलीबारी

वाशिङटन डीसी । अमेरिकामा आगामाी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा डेमोक्रोटिक पार्टीकी उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई निशाना बनाइएको छ । एरिजोनामा रहेको ह्यारिसको चुनावी अभियान कार्यालयमा गोलीबारी भएको छ । प्रहरीले यस मामिलामा अनुसन्धान गरिरहेको छ ।
यो घटना चुनावी अभियानका लागि ह्यारिस एरिजोना जानुभन्दा केही दिनअघि भएको हो । सेप्टेम्बर २३ मा गोलीबारीले ह्यारिसको अभियान कार्यालयको झ्यालको शिशा फुटालिएको प्रहरीले मंगलबार एक विज्ञप्तिमा भनेको छ ।
कामदारहरूले फोन गरेपछि सोमबार अधिकारीहरू घटनास्थलमा पुगेका थिए । रातिको समय भएकोले घटनाको समयमा कार्यालयमा कोही पनि थिएनन् । तर यसले भवन र आसपास रहने मानिसहरूको सुरक्षाबारे चिन्ता उत्पन्न गरेको प्रहरीको भनाइ छ ।
हालैका हप्तामा सो कार्यालयलाई निशाना बनाएर भएको यो दोस्रो घटना भएको भनिएको छ । यस अघि सेप्टेम्बर १६ मा सोही कार्यालयको अगाडिको झ्यालमा गोली प्रहार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि
-
वालिङ-हुवास सडक धमाधम कालोपत्र हुँदै
-
विपिन जोशीको सकुशल रिहाइका निम्ति सहजीकरण गर्न कतारसमक्ष पुनः आग्रह
-
हाम्रो भविष्य पछाडि फर्केर होइन अगाडि बढेर उज्यालो बन्छ : प्रचण्ड
-
१० बजे १० समाचार : तीनकुने घटनाबारे बोले ज्ञानेन्द्र, रविको मुद्दामा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’