ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईंका ९ जना समर्थक पक्राउ

बिर्तामोड । भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा पक्राउ परेका दुर्गा प्रसाईँलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरिएको थियो ।
पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) का नेता कार्यकर्ता रहेका छन् ।
प्रहरीले मंगलबार नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोलाई झापाको धरमपुरबाट नियन्त्रणमा लिएको थियो । बिर्तामोडबाट मंगलबार नै अभियानकर्मी सुरेश चौधरी पक्राउ परेका थिए ।
यसैगरी हल्दीबारी गाउँपालिका–९ का बिवश लिम्बू , हल्दीबारी–१ वीरबहादुर गुरुङ, खेमराज दाहाल, अर्जुनधारा नगरपालिका–९ का रुद्र भुजेल, बिर्तामोड नगरपालिका–३ का उदय लिम्बु , बुद्धशान्ति गाउँपालिका–४ का बलिहाङ लिम्बू र मेचीनगर नगरपालिका–६ का राजेश महत पक्राउ परेका छन् ।
उनीहरूले भारतीय ट्रकमा आगजनी गर्नुका साथै अन्य सवारी साधनमा पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
झापाको चारपानेमा पेट्रोल छर्केर अरू सवारी साधनमा आगजनी गर्ने उनीहरूको प्रयास प्रहरीले विफल बनाएको जनाएको छ । पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
पक्राउ परेकामाथि आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई भित्र थुनेर आगजनी गरिएको थियो । दुवै ट्रकका चालक घाइते भएका थिए ।
प्रसाईँलाई नेपाल प्रहरीको साइबर अपराध नियन्त्रण ब्युरोले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक