एनएमबि बैंकद्वारा पलेशा गोबर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान
बुधबार, ०९ असोज २०८१, १० : १०

काठमाडौँ । एनएमबि बैंकले एसियाली पाराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कांस्य पदक दिलाउन सफल पारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।
बैंकले गोबर्धनलाई नगद रु. ५ लाख १ हजारसहित सम्मान गरेको हो । यस्तै उनका प्रशिक्षक कविराज नेगी लामालाई रु. १ लाख १ हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ ।
पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तानतरण गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु
-
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर