शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

साफ यू–१७ च्याम्पियनसिप : सेमिफाइनल पुग्न आज भुटानलाई हराउनैपर्ने बाध्यता

बुधबार, ०९ असोज २०८१, १० : ०६
बुधबार, ०९ असोज २०८१

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिपमा नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दै छ । भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपालले समूह चरणको खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । 

समूह बीमा रहेको नेपाल र भुटानबिचको नतिजाले सेमिफाइनल पुग्ने टिमको टुङ्गो लाग्ने छ । यो समूहमा रहेका पाकिस्तान र श्रीलंका पनि खेल्ने छन् । पाकिस्तान र श्रीलंकाबिचको खेल दिउँसो पौने २ बजे सुरु हुने छ ।

नेपाल र भुटानबिचको खेल भने साँझ पौने ६ बजे सुरु हुने छ । दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनै पर्ने बाध्यता छ भने भुटानलाई बराबरीले पर्याप्त हुने छ ।

भुटान र पाकिस्तानले समूह बी मा अपराजित रहँदै समान ४ अङ्क जोडेका छन् । गोलअन्तरमा भुटान शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । दुई खेलबाट ३ अङ्कसहित नेपाल तेस्रो स्थानमा छ ।

भुटानलाई पराजित गरेमा नेपाल शीर्ष दुईमा रहेर सेमिफाइनल प्रवेश गर्नेछ । श्रीलंका भने प्रतियोगिताबाट बाहिर भइसकेको छ ।

समूह ए बाट भारत समूह विजेता र बंगलादेश समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप