एन्कुंकुको ह्याट्रिकले चेल्सी चौथो चरणमा
बुधबार, ०९ असोज २०८१, ०८ : ५०

लण्डन । क्रिस्टोफर एन्कुंकुको ह्याट्रिकको मद्दतले चेल्सीले काराबाओ कपमा लिग टु टोली ब्यारोमाथि सहज जित हासिल गरेको छ । मंगलबार राति भएको खेल ५–० गोल अन्तरले जित्दै टोली प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको हो ।
खेलको आठौँ मिनेटमा नै एन्कुंकुले चेल्सीलाई अग्रता दिलाएका थिए । १५ औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाए । २८ औँ मिनेटमा चेल्सीले आत्मघाती गोल उपहार पाएको थियो ।
दोस्रो हाफको सुरुवातमा नै पेड्रो नेटोले चौथो गोल गरे । ७५ औँ मिनेटमा एन्कुंकुले आफ्नो ह्याट्रिक पुरा गरे । फ्रेन्च खेलाडीले ८ खेलमा टोलीका लागि ६ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरोट गुट्खालगायतका नयाँ उद्योग खोल्न दिने प्रक्रिया सरकारले तत्काल रोकोस् : उपभोक्ता जागरण नेपाल
-
बीवाईडी ईभीमा विस्तारित वारेन्टी नीति लागू
-
एमाले मोरङमा वडासम्मै गुट, संस्थापन र इतरसमूहबिच जिल्लामा भएको प्रतिस्पर्धाकै झल्को
-
स्वार्थको खेलमा लेखा समिति ! आईपीओ निष्कासन अझै अन्योल
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रुपन्देहीमा
-
१९५ जना नेपाली शान्ति सैनिक सेन्ट्रल अफ्रिकन रिपब्लिक उडे