जसपा नेपालद्वारा पदाधिकारी एवं सदस्यको जिम्मेवारी बाँडफाँट

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी पदाधिकारी तथा सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय विभागहरुको जिम्मेवारी बाँडफाँट गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनका अनुसार जसपा नेपालले १७ वटा विभागहरु गठन गरेको छ । जसमध्ये पाँच वटा विभागमा प्रमुख तोकिएको छ । जसपा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा, प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुखमा पूर्ण बस्नेत, आर्थिक विभाग प्रमुखमा बलराम महतोलाई जिम्मेवारी तोकेको छ ।
यसैगरी युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुखमा विदेश्वरप्रसाद यादव र सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा जितेन्द्र यादवलाई तोकेको छ भने अन्य विभागहरुमा प्रमुख, उपप्रमुख तोक्न बाँकी छ । जसपा नेपालका २७ विभागमध्ये १७ विभाग गठन गरिएको सो पार्टीले जनाएको छ । पार्टीका महासचिव लालबाबु राउतले जिम्मेवारी बाँडफाँटलगायत अन्य निर्णयसहितको परिपत्र जारी गरेका छन् ।
जसपा नेपालको प्रथम महाधिवेशन सम्पन्न भएपश्चात पहिलोपटक बसेको केन्द्रीय कार्यकारिणी समितिले सचिवालय गठन, केन्द्रीय कार्यालय समिति गठनलगायतको निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी