दाइजो र बालविवाह न्यूनीकरणका लागि सबैले भूमिका खेलौँः मन्त्री सुडी

राजविराज (सप्तरी) । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मधेसमा दाइजो र बालविवाह न्यूनीकरणका लागि सबैले भूमिका खेल्नुपर्ने बताएका छन् ।
मंगलबार यहाँ आयोजित अन्तरक्रियामा उनले मधेसका जिल्लाहरूमा दाइजो र बालविवाह हुनु दुःखद भएको र यसविरुद्ध सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
मन्त्री सुडीले समाजमा व्याप्त भेदभाव र विभिन्न स्वरूपका विकृति हटाउन हरेक नागरिकमा चेतना जगाउन आवश्यक रहेको बताए । 'बालविवाहले मातृ तथा बाल मृत्युदरको जोखिम उत्तिकै छ, महिलाहरूको स्वास्थ्यलगायत समग्र वृत्तिविकासमा असर गरिरहेको छ । यसकारण दाइजो र बालविवाहमुक्त समाज निर्माण गर्नेतर्फ सबैले भूमिका खेलौँ,' उनले भने ।
जिल्ला समन्वय समितिका सभापति शिवनारायण साहले सप्तरीलाई बालविवाहमुक्त जिल्ला घोषणा गर्नेगरी योगदान गर्न सबैलाई आग्रह गरे । राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित विभिन्न स्थानीय तहका प्रतिनिधिलगायतको उपस्थित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन