प्रधानमन्त्री ओली र युएसएआईडीकी प्रमुख पावरबीच भेटवार्ता

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओली र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (युएसएआईडी) की प्रमुख सामन्थ पावरबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री ओलीसँग मंगलबार युएसएआईडीकी प्रमुख पावरले भेटवार्ता गरेकी हुन् ।
भेटमा नेपालमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाहरू र भावी दिनमा त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको थियो ।
सयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।
त्यसअघि प्रधानमन्त्री ओली राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले मुख्यालयमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए ।
प्रधानमन्त्री ओलीले मंगलबारै राष्ट्रसंघको मुख्यालयको महासभाका शक्ति राष्ट्रका प्रमुखहरुको सम्बोधनका समयमा सभामा भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक