नेपाल र ओमानबिचको खेल रद्द
मङ्गलबार, ०८ असोज २०८१, २३ : ०४

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट-२ अन्तर्गत नेपाल र ओमानबिचको खेल रद्द भएको छ । क्यानडाको किङ् सिटीमा ८ः४५ बजेका लागि तय भएको खेलमा वर्षा बाधक बनेपछि रद्द भएको हो ।
क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले आज चौथो खेल खेल्न लागेको थियो । बराबरीपछि दुई टोलीले अंक बाँडेका छन् ।
लिगमा खराब सुरुआत गरेको नेपाल घरेलु टोली क्यानडासँग दुई र ओमानसँग एक खेल पराजित भएको थियो ।त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग एक सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
यस्तै, नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो भने तेस्रो खेलमा पनि क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७२ जना यात्रु सवार विमानमा आगो लागेपछि...
-
गुडिरहेको गाडीबाट हामफाल्दा एक युवकको मृत्यु
-
कराँचीबाट लाहोर आएको विमानको एउटा पाङ्ग्रा नै गायब
-
अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न
-
बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको अवसर, आवेदन आह्वान (सूचनासहित)
-
समाजवादी मोर्चाले शनिबार बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने